बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१० अंकले घट्यो नेप्से, दुई वटा समुहले कमाउँदा ११ वटाले गुमाए

आइतबार, माघ २५ २०८२

काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १० दशमलव ३५ अंकले घटेर २६ सय ९८ दशमलव ४४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८५ अंकले घटेर चार सय ५९ दशमलव ६३ अंकमा पुगेको छ । तीन सय ३० वटा कम्पनीहरुको एक लाख ११ हजार नौं सय ७८ पटकको कारोबारमा दुई करोड ६२ लाख ३६ हजार दुई सय चार कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार एक सय ४३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा लगानी र अन्य समुहको सुचक बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव शुन्य चार अंकले घटेर १३ सय ७० दशमलव १८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ११ अंकले घटेर ३५ सय ७० दशमलव ३२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ९३ दशमलव १४ अंकले घटेर १२ हजार नौं सय ४९ दशमलव शुन्य नौ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३६ दशमलव २९ अंकले घटेर ११ हजार दुई सय १९ दशमलव ५६ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज सुपरमाई हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा कालिञ्चोक दर्शन लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सुपरमादी हाईड्रोपावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।