बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

टी–२० विश्वकप : इंग्ल्यान्डबिरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

आइतबार, माघ २५ २०८२

काठमाडौं । तेस्रोपटक आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागिता जनाएको नेपाली राष्ट्रिय टोलीले आफ्नो पहिलो खेलमा दुई पटकको विश्वविजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा केहीबेरमै सुरु हुने उक्त खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेका इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

विश्वकपको पहिलो खेलमै बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डसँग भिड्न लागेको नेपालले अनुशासित बलिङ र फुर्तिलो फिल्डिङमार्फत दबाब सिर्जना गर्ने रणनीति बनाएको अपेक्षा गरिएको छ ।