काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने ऐतिहासिक टी–२० विश्वकप खेलका लागि नेपाली क्रिकेट टोलीका खेलाडीलाई विजयको शुभकामना व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रस्तुति देखाउने अपेक्षा गरिएको बताएकी छन् ।
आईसीसी टी–२० विश्वकपमा नेपाली टोलीसँग विश्वभरका प्रशंसकहरूको समर्थन रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विगतका खेलहरूमा टोलीले देखाएका चमत्कार र सफलताले आजको खेल अझ विशेष बनाएको बताइन् ।
सिङ्गो राष्ट्रको तर्फबाट खेलाडीलाई हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले “विजयी भवः” भनेकी छन् ।