शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रतिनिधिसभा निर्वाचनः गोकुल बाँस्कोटाले जितेकाे क्षेत्रमा २४ उम्मेदवारबीच प्रतिस्पर्धा

आइतबार, माघ २५ २०८२

काभ्रेपलाञ्चोक। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं २ बाट २४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा १६ दलका उम्मेदवार र आठ स्वतन्त्र उम्मेदवार दर्ता भएका छन्।

यस क्षेत्रले पुराना र नयाँ दलबीच चुनावी प्रतिस्पर्धा देखाउने अनुमान छ। यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित स्वतन्त्र उम्मेदवारले मैदानमा रहेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ मा प्रत्यक्षतर्फ एमालेका गोकुल बाँस्कोटाले ४५ हजार ३४५ मत प्राप्त गर्दै विजयी भएका थिए। सोही निर्वाचनको समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, रास्वपा तेस्रो र नेकपा (तात्कलीन माओवादी केन्द्र) चौथो स्थानमा रहेका थिए।

यसपटक एमालेका ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जू, कांग्रेसका ६१ वर्षीय केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, रास्वपाबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाबाट ५५ वर्षीय बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गराएका छन्।

धुलिखेल नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका ब्याञ्जूले समाजले परिकल्पना गरेको र वर्तमान आवश्यकता अनुसारको राजनीतिक प्रणाली सुधार गर्दै समृद्ध मुलुक निर्माणमा योगदान पु¥याउने उद्देश्यका लागि उम्मेदवारी दिएको बताए ।

कांग्रेसका उम्मेदवार आचार्यले युवाहरूको भावनाअनुसार सुशासन, भ्रष्टाचारमुक्त समाज निर्माण र दलीयकरणको अन्त्य गरी प्रत्यक्ष सेवा पु¥याउने उद्देश्यले उम्मेदवारी दिएको स्पष्ट गर्नुभयो। यस क्षेत्रमा कांग्रेस पनौतीका नेता राजेशकुमार श्रेष्ठले आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन्।

रास्वपाले युवा पुस्ताको नेतृत्व सुनिश्चित गर्न भण्डारीलाई उम्मेदवार बनाएको छ। उनले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारको नीतिगत अन्त्य गर्दै जेनडर न्यायको माग सम्बोधन गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताए ।

नेकपाका तर्फबाट उम्मेदवार हुमागाईं पूर्व बागमती प्रदेशका कृषि मन्त्री बनिसकेका छन्। उनले नागरिकको मागअनुसार सुशासन, समृद्ध राष्ट्र र नयाँ पुस्ताको माग सम्बोधन गर्न उम्मेदवारी दिएको बताए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ उम्मेदवारमध्ये दुई दल र एक स्वतन्त्र गरी तीन जना महिला उम्मेदवार छन्। यसपटक दलित उम्मेदवारको सहभागिता छैन भने जनजाति तर्फ २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। काभ्रेपलाञ्चोकमा कुल तीन लाख २६ हजार ६११ मतदाता छन्, जसमा क्षेत्र नं १ मा १ लाख ६१ हजार १०० र क्षेत्र नं २ मा १ लाख ६५ हजार ५१५ मतदाता रहेका छन्।