बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुचक तथा कारोबार रकम दुबै बढ्यो, २७ अंकले नेप्से बढ्दा ११ अर्ब ५८ करोडको कारोबार

बिहिबार, माघ २२ २०८२

काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुबै बढेको छ । अघिल्लो दिन एक दशमलव ६४ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार २७ दशमलव १९ अंकले बढेर २७ सय आठ दशमलव ७० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४७ अंकले बढेर चार सय ६० दशमलव ४८ अंकमा चढेको छ । तीन सय २६ वटा कम्पनीहरुको एक लाख आठ हजार आठ सय १७ पटकको कारोबारमा तीन करोड ५५ लाख ७४ हजार छ सय २७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ११ अर्ब ५८ करोड २८ लाख ९३  हजार आठ सय रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक १८ दशमलव ५१ अंकले घटेर घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ७१ अंकले बढेर १३ सय ७२ दशमलव २२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५८ दशमलव ५० अंकले बढेर तीन हजार पाँच सय ८१ दशमलव ४३ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ४३ दशमलव ८५ अंकले बढेर १३ हजार ४२ दशमलव २४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय १८ दशमलव ९२ अंकले बढेर ११ हजार दुई सय ५५ दशमलव ८६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज कालिञ्चोक दर्शन लिमिटेडले सबैभन्दा बढी कमाउँदा सुपरमादी जलबिद्युत कम्पनीले सबैभन्दा बढी गुमाएको छ । युनियन हाईड्रो पावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।