बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एक दशमलव ६४ अंकले घट्यो नेप्से, कारोबार रकम सात अर्ब ४९ करोडमा सिमित

बुधबार, माघ २१ २०८२

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन १२ दशमलव ५८ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार एक दशमलव ६४ अंकले घटेर २६ सय ८१ दशमलव ५० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७० अंकले घटेर चार सय ५६ अंकमा पुगेको छ । तीन सय २६ वटा कम्पनीहरुको ८० हजार चार सय २२ पटकको कारोबारमा एक करोड ६६ लख ८२ हजार छ सय २६ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम सात अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर हुँदा छ वटा समुहले गुमाएका छन् भने बाँकीले कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ३८ अंकले घटेर १३ सय ६४ दशमलव ६८ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि १७ दशमलव १९ अंकले घटेर १२ हजार आठ सय ९८ दशमलव ३९ अंकमा पुगेको छ । उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने छ दशमलव शुन्य सात अंकले बढेर पाँच हजार सात सय ६४ दशमलव ९० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १३ दशमलव ४० अंकले बढेर तीन हजार पाँच सय २२ दशमलव ९३ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि १५ दशमलव १८ अंकले बढेर ११ हजार ३६ दशमलव ९४ अंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज कालिञ्चोक दर्शन लिमिटेडले सबैभन्दा बढी कमाउँदा एचएलआई लार्ज क्याप फण्डले सबैभन्दा बढी गुमाएको छ । आखुखोला जलबिद्युत कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।