काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ। मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्यमा वृद्धि देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० कायम भएको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य रु पाँच हजार ६०० निर्धारण गरिएको छ। मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ३०० र चाँदी रु पाँच हजार ३३५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५८ अमेरिकी डलर र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।