बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एपोलो हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

बुधबार, माघ २१ २०८२

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर (आईपीओ) बिक्री गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई अङ्कित मूल्य प्रतिकित्ता रु १०० का दरले कुल रु १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो।

एपोलो हाइड्रोपावरको शेयर बिक्री प्रबन्धकका रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले ओखलढुंगा जिल्लामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्षको हालसम्म १५ कम्पनीले साधारण शेयर निष्कासनको अनुमति पाइसकेका छन्। तीमध्ये नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादनमूलक कम्पनी तथा होटल तथा पर्यटन र विकास बैंक एक–एक वटा रहेका छन्।

चालु आर्थिक वर्षमा हालसम्म बोर्डले कुल रु ६ अर्ब १ करोड १७ लाख २७ हजार ८ सय बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरिसकेको छ।