शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

सोमबार, माघ १९ २०८२

कर्णाली। लोक सेवा आयोग, सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

शनिबार भएको परीक्षा दौरान नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर बदलेर परीक्षामा सहभागी भएका ती व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जाजरकोट छेडागाड–११ का १९ वर्षीय केशव थापा, वडा नं १० का १९ वर्षीय चन्द्र शाह, कुसे–२ का १९ वर्षीय विपेश सिंह, १८ वर्षीय सूर्यकिरण शाही, २१ वर्षीय निरज शाही, २३ वर्षीय नवराज विक, कुसे–२ घर भई हाल वीरेन्द्रनगर–९ बस्ने २६ वर्षीय पूर्णबहादुर सिंह, जुनीचाँदे–१ का १८ वर्षीय ललित रावल, दुल्लु–१ दैलेखका १८ वर्षीय रमेश नेपाली, गुर्भाकोट–१३ सुर्खेतका २४ वर्षीय वीरबहादुर ठाडा, बैजनाथ–२ बाँकेका २४ वर्षीय रामु कार्की र वडा नं १ का २५ वर्षीय मोतिलाल थारू रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार घटनामा संलग्न अन्य व्यक्ति तथा गिरोहको खोजी कार्य भइरहेको छ। पक्राउ परेकामाथि लिखत कीर्ते र आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।