बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१९ अंकले घट्यो नेप्से, व्यापार बाहेक सबै समुहको सुचक राताम्मै

आइतबार, माघ १८ २०८२

काठमाडौं । नेप्से घटेको छ । आज आईतबार नेप्से १९ दशमलव ८५ अंकले घटेर २६ सय ९४ दशमलव २० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७६ अंकले घटेर चार सय ५९ दशमलव ९१ अंकमा पुगेको छ । तीन सय २९ वटा कम्पनीहरुको एक लाख १० हजार सात सय २८ पटकको कारोबारमा दुई करोड २० लाख ६० हजार चार सय ५४ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम नौं अर्ब १० करोड ९४ लाख ५७ हजार दुई सय ७८ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक २० दशमलव ९२ अंकले बढेको छ भने बाँकी समुहहरुको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ८७ अंकले घटेर १३ सय ७९ दशमलव १७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४९ दशमलव १७ अंकले घटेर तीन हजार पाँच सय ४८ दशमलव ७७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६८ दशमलव ३० अंकले घटेर १३ हजार ११ दशमलव ३८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ७० दशमलव ५२ अंकले घटेर ११ हजार ३९ दशमलव ३९ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेकाछन्।

नेप्सेमा आज मिथिला लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । आखुखोला जलबिद्युत कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।