बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१७ अंकले घट्यो नेप्से, तीन वटा समुहले कमाउँदा १० वटाले गुमाए

बिहिबार, माघ १५ २०८२

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन पाँच दशमलव ३८ अंकले घटेको नेप्से आज बिहिबार पनि १७ दशमलव ५३ अंकले घटेर २७ सय १४ दशमलव शुन्य पाँच अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५५ अंकले घटेर चार सय ६२ दशमलव ७१ अंकमा पुगेको छ । आज तीन सय २० वटा कम्पनीहरुको एक लाख ३८ हजार आठ सय ८३ पटकको कारोबारमा तीन करोड ५४ लाख ७७ हजार नौं सय ३९ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार कुल कारोबार रकम १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार आठ सय ६५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुुँदा जलबिद्युत, लगानी र सामुहिक लगानी कोष समुहको सुचक बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने छ दशमलव ५७ अंकले घटेर १३ सय ८५ दशमलव शुन्य चार अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ८४ दशमलव आठ अंकले घटेर १३ हजार ७९ दशमलव ६८ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ७६ दशमलव ८३ अंकले घटेर ११ हजार एक सय १६ दशमलव २५ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज हिमाल दोलखा हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।