चितवन । भरतपुर महानगरपालिका–१४ स्थित राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदीको उक्त दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।