शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बुधबार, माघ १४ २०८२

सिन्धुली । दुधौली नगरपालिका–१० स्थित खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुर्घटनामा दुधौली नगरपालिका–१० निवासी ३० वर्षीय यज्ञबहादुर सुनुवारको ज्यान गएको हो ।

गम्भीर घाइते भएका सुनुवारलाई नगर अस्पताल सिर्थौली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।