काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इञ्जिनियर (अधिकृत आठौँ तह) भरतकुमार आचार्यविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार आचार्यले पदीय मर्यादाविपरीत कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो । सेवा अवधिमा आर्जन गरेको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
प्रवक्ता न्यौपानेका अनुसार आचार्यले इञ्जिनियररराप तृतीय श्रेणी पदमा २०४८ माघ ६ गते सेवामा प्रवेश गरी २०८० असार ६ गतेसम्मको अवधिमा आर्जन गरेको सम्पत्तिको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा रु। ६ करोड ७८ लाख ९१ हजार १५ बराबरको रकमको वैध स्रोत खुल्न नसकेको पाइएको आयोगले जनाएको छ ।
सोही रकम बराबरको बिगो असुल उपर गर्दै कानुनबमोजिम कारबाहीको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।