बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

महिला टी–२० विश्वकप छनोटः स्कटल्यान्डले नेपाललाई १४१ रनको लक्ष्य दियो

सोमबार, माघ १२ २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि १४१ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा अलआउट हुँदै १४० रनमै समेटिएको हो । नेपालका बलरहरूले शानदार सुरुवात गरे पनि अन्तिम ओभरहरूमा स्कटल्यान्डले पुनरागमन गर्दै प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले पावरप्लेमै तीन विकेट लिँदै स्कटल्यान्डलाई ७९–६ को संकटपूर्ण अवस्थामा पुर्‍याएको थियो । तर त्यसपछि स्कटल्यान्डका ब्याटरहरूले संयमित ब्याटिङ गर्दै स्कोर उकास्न सफल भए ।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रनको महत्वपूर्ण पारी खेलिन् । अलिसा लिस्टरले २२ रन बनाउँदा सराह ब्राइसले १८ र मेगान मेकलले १७ रन जोडिन् ।

नेपालका तर्फबाट मनीषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले समान १–१ विकेट हात पारे ।

सुपर सिक्स चरणमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।