काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ ।
कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । यस खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । पेस बलर सुमन विष्टको स्थानमा स्पिनर मनिषा उपाध्यायलाई प्लेइङ–११ मा समावेश गरिएको छ ।
सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।
नेपालको प्लेइङ–११:
इन्दु बर्मा (कप्तान), पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा, कविता जोशी