शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तनहुँमा जीप दुर्घटना : १३ वर्षीया बालिकाको मृत्यु, एक घाइते

आइतबार, माघ ११ २०८२

 तनहुँ ।   तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार कोलडाँडा–थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ जाँदै गरेको ग३च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २० मिटर तल खसेको हो। दुर्घटनामा म्याग्दे गाउँपालिका–४ कोलडाँडाकी १३ वर्षीया कोइस्का घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी घर्तीलाई बिहान ८ः४० बजे प्रदेश अस्पताल दमौली लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए। सोही दुर्घटनामा १५ वर्षीय दिपसन घर्ती घाइते भएका छन् र उनको उपचार भइरहेको छ।

प्रहरीले जीप चालक म्याग्दे–४ का ३० वर्षीय वसन्त घर्तीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।