बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हुम्लामा हिमपात, जनजीवन प्रभावित

शनिबार, माघ १० २०८२

हुम्ला । हुम्ला जिल्लामा हिमपात सुरु भएको छ। गत भदौयता वर्षा नभएको हुम्लामा वर्षासँगै यस वर्षकै पहिलो पटक हिमपात भएको हो। लामो समयसम्म हिउँ नपर्दा चिन्तित बनेका किसान भने हिमपात सुरु भएपछि खुसी देखिएका छन्।

जिल्लाको तल्लो भेगमा वर्षा भइरहेको छ भने माथिल्लो क्षेत्र सिमकोट र नाम्खालगायत स्थानमा हिमपात भइरहेको छ। सामान्यतया तल्लो क्षेत्रमा पर्याप्त वर्षा भएपछि माथिल्लो भेगमा हिमपात हुने गरेको स्थानीयले बताएका छन्।

हिमपातका कारण जनजीवन भने कष्टकर बनेको छ। हिमपातसँगै नाम्खा गाउँपालिका हुँदै हिल्सा जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक बन्द हुँदा यातायात, दैनिक आवतजावत तथा आपूर्ति प्रणालीमा समस्या देखिएको छ।