बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मानवअधिकार संरक्षणमा नेपाल पूर्ण प्रतिबद्ध : परराष्ट्रसचिव राई

बिहिबार, माघ ८ २०८२

काठमाडौँ। परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका लागि नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

मानव अधिकार परिषद्को बुधबार जेनेभामा सम्पन्न युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर) कार्य समूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै परराष्ट्रसचिव राईले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार उहाँले नागरिक, राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको प्रवर्द्धन र संरक्षण, साथै लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमार्फत मानवअधिकारको क्षेत्रमा नेपालले हासिल गरेको प्रगतिबारे जानकारी गराएका थिए ।

उक्त सत्रमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, स्विट्जरल्यान्डका लागि नेपालका राजदूत रामप्रसाद सुवेदी तथा परराष्ट्र मन्त्रालय र जेनेभास्थित नेपाली नियोगका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।