बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एकको मृत्यु दुई घाइते

बिहिबार, माघ ८ २०८२

बागमती। कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा सर्लाही वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा सर्लाही वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवान घाइते भएका छन् । उनीहरूको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।