बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एसइई परीक्षा आगामी १९ देखि २९ चैतसम्म सञ्चालन हुने

बुधबार, माघ ७ २०८२

माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी १९ देखि २९ चैतसम्म सञ्चालन हुने भएको छ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

हरेक वर्ष चैत पहिलो सातादेखि परीक्षा सञ्चालन गर्नुपर्ने भए पनि यसपटक २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण परीक्षा केही दिन पर धकेलिएको बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए।

उनका अनुसार बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ।

एसइईको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुनेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।