शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सार्वजनिक सम्पत्ती जलाउनेलाई कारबाही हुनुपर्छ : अध्यक्ष ओली

बुधबार, माघ ७ २०८२

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ती जलाउने, तोडफोड गर्ने व्यक्तिहरूलाई कानूनअनुसार कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

बुधबार गृह जिल्ला झापामा जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड भएका संरचनाको अवलोकन गर्दै अध्यक्ष ओलीले सार्वजनिक सम्पत्ती, नगरपालिका र राजनीतिक कार्यकर्ताका घर जलाउने अपराधीहरू दोषी भएको र कारबाही हुनुपर्ने स्पष्ट गरे। उनले अपराधलाई प्रोत्साहन गर्न नहुने र देशलाई शान्तिपूर्ण, बस्न लायक बनाउन अपराध रोक्न आवश्यक रहेको पनि बताए ।

उनले भने, “राष्ट्रिय सम्पत्ती, सार्वजनिक सम्पत्ती, नगरपालिका, राजनीतिक कार्यकर्ताका घर र कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन्। अपराधलाई प्रोत्साहन गर्न सकिँदैन। अपराध रोक्नुपर्छ र शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्छ। कारबाहीको दायरामा ल्याउनुपर्छ। अरुको घर जलाएर छोडिदिन पाइँदैन। अहिलेको सरकार सायद उनीहरुकै सरकार हो, त्यसैले अपराधीहरूलाई जोगाउने काम भएको छ।”

अध्यक्ष ओलीले अन्तरिम सरकार देश जलाउनेहरुकै भएको कारण अपराधीहरूलाई कारबाही नगरिएको पनि उल्लेख गरे।

उनी आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा–५ बाट सोमबार मात्रै मनोनयन गराउन झापा गएका थिए ।