शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पूर्णबहादुर खड्काले गरे उम्मेदवारी नदिने घोषणा

'अवैधानिक हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु नैतिकताप्रति प्रतिकूल'

मंगलबार, माघ ६ २०८२

काठमाडौं । नेपाली कांग्रेसका देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने दाबी दोहोर्‍याउँदै यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नउठाउने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा खड्काले लेख्दै उनले २०८२ माघ २ गते निर्वाचन आयोगले नेपाली कांग्रेसको सम्बन्धमा गरेको निर्णय संविधान, राजनीतिक दल सम्बन्धी ऐन र पार्टीको विधान विपरीत भएको दाबी गर्दै उनले २०८२ माघ ४ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। यसकारण, विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र त्यसबाट जारी हुने टिकटको वैधता अस्वीकार्य रहेको उनकाे भनाइ छ ।

खड्काले आफ्नो निर्णयको कारण व्याख्या गर्दै लेखेका छन्- यस पटक उम्मेदवार उठाउने हो भने उहाँको जीवनभरको राजनीतिक मूल्य, नैतिकता र पार्टीप्रति प्रतिवद्धतासँग मेल खाँदैन। साथै, उgले पार्टीका साथिहरु र आम मतदातामा पर्ने असरप्रति क्षमा माग्दै, पार्टीको आधिकारिक उम्मेदवारलाई पूर्ण समर्थन गर्न र चुनावी एकता कायम राख्न आग्रह गरेका छन् ।

यस निर्णयअनुसार खड्काले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् र पार्टीको आधिकारिक उम्मेदवारको विजयका लागि सबैलाई सक्रिय हुन अपील गरेका छन् ।