शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसको आधिकारिकताविरुद्ध देउवा पक्षको रिटमा आज सुनुवाइ

मंगलबार, माघ ६ २०८२

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पहिलो सुनुवाइ हुँदैछ ।

उक्त रिट न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेशी चढेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय समितिलाई अद्यावधिक गरेको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुगेको हो ।

उक्त निर्णय संविधान तथा लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको जिकिर गर्दै शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले रिट दायर गरेका छन् ।