शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उम्मेदवारी मनोनयन आज : कार्की क्याबिनेटका मन्त्रीहरुले भटाभट दिए राजीनामा

मंगलबार, माघ ६ २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका छन् ।

अर्थमन्त्री खनालले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिइसकेका छन् ।

घिसिङ, खरेल र गुप्ता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेकाे जनाइएको छ ।

तर मन्त्री पुनले भने राजीनामाको कारणबारे औपचारिक रूपमा केही खुलाएका छैनन् ।