बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आरजु राणाले पाइनन् टिकट

मंगलबार, माघ ६ २०८२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान केन्द्रीय सदस्य डा. आरजु राणालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

कैलाली क्षेत्र नम्बर ५ बाट डा. राणासहित चार जनाको नाम सिफारिस भए पनि अन्ततः नरनारायण शाहलाई उम्मेदवार बनाइएको हो ।

कांग्रेसबाट कैलाली–५ मा नरनारायण शाह, डा. आरजु राणा, डिल्लीराम पन्त र नृपबहादुर ओडको नाम सिफारिस भएको थियो । पार्टी सभापति गगनकुमार थापाले सबै सिफारिस उम्मेदवारलाई पन्छाउँदै शाहलाई टिकट दिएका हुन् ।

यता पूर्वप्रधामन्त्री शेरबहादुर देउवा भने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।

विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।