शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

काभ्रे १ मा एमालेबाट अमित लामाले पाए टिकट

सोमबार, माघ ५ २०८२

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ बाट अमित लामालाई टिकट दिएको छ।

लामा एमालेका केन्द्रीय सदस्य हुन्। सो क्षेत्रबाट रेशम लामा, चन्द्रबहादुर लामालगायत नेता पनि टिकटका दाबेदार थिए। अन्तत अमितले टिकट पाएका हुन् ।

त्यस्तै, क्षेत्र नम्बर २ को टिकट भने एमालेले ‘होल्ड’मा राखेका छ। सो क्षेत्रबाट गोकुल बाँस्कोटाको एकल सिफारिस भएको थियो। अर्का नेता अशोक ब्याञ्जूले पनि सो क्षेत्रबाट टिकटमा दाबी गरेका छन्।