काठमाडौं । झापा-२ मा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा रानामगरबीच रोचक चुनावी भिडन्त हुने भएको छ। घिमिरे नेकपा एमालेका उम्मेदवार छन् भने रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट पाएकी छन्।
पहिले रास्वपाले झापा-२ मा निशा डाँगीलाई उम्मेदवार बनाउने योजना बनाएको थियो। तर रानामगरले यस क्षेत्रबाट दाबी गरेकी थिइन्। पार्टी नेतृत्वले उनलाई उदयपुर-२ बाट चुनाव लड्न प्रस्ताव गर्यो, तर उनले अस्वीकार गरिन्। अन्ततः डाँगीलाई झापा-१ मा सारेर रानामगरलाई झापा-२ बाट टिकट दिइएको हो। दुवै उम्मेदवार झापा-२ कै बासिन्दा हुन्।
रानामगर यसअघि समानुपातिकतर्फ सांसद बनेकी थिइन् र रास्वपाले उनलाई उपसभामुखको जिम्मेवारी दिइएको थियो।