बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

झापामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सोमबार, माघ ५ २०८२

झापा । झापाको दमक र बिर्तामोडमा सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ज्यान गुमाउनेमा दमक–१० का २४ वर्षीय युवराज पाठक र दमक निवासी करिब २२ वर्षीया सुजता बुढाथोकी रहेका छन्।

प्रहरीका अनुसार दमक नगरपालिका–९ स्थित बिजुली अफिस नजिक गएराति करिब १२ बजे मोटरसाइकल र ट्रक ठोक्किँदा युवराज पाठकको मृत्यु भएको हो। त्यस्तै, बिर्तामोड चौकस्थित अदुवा पुल सडकखण्डमा मोटरसाइकल र अटोरिक्सा ठोक्किँदा घाइते भएकी ती युवती सुजता बुढाथोकी बीएन्डसी अस्पतालमा आज बिहान उपचारको क्रममा ज्यान गुमाएकी हुन्।

सोही दुर्घटनामा घाइते मोटरसाइकल चालक गौरादह नगरपालिका–३ का २४ वर्षीय निरज कार्कीको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता खगेन्द्रबहादुर कार्कीले जानकारी दिए ।