शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अध्यक्ष ओलीद्वारा सोनाम ल्होछार पर्वको शुभकामना

सोमबार, माघ ५ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै यस्ता पर्वहरूले हाम्रो समाजमा उज्यालो र आपसी एकताको भावना ल्याउने बताए ।

अध्यक्ष ओलीले भनेका छन्, “आज तामाङ समुदायको नयाँ वर्षको दिन हो। हिमालको काखमा जन्मिएको हाम्रो बहुसंस्कृतिले हामीलाई यस्ता धेरै पर्वहरूको उज्यालो दिएको छ र आपसी एकतामा रहन सिकाएको छ।”

उनले तामाङ समुदायको जीवनदर्शन, भाषा, परम्परागत वेषभूषा, नृत्य र सङ्गीतको सौन्दर्य सोनाम ल्होछार पर्व मार्फत झल्किने बताए।