काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेकाले उनले मन्त्री पद त्याग गरेका हुन् ।
उनी सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको मन्त्री निकट स्रोतले जनाएको छ।
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारी दर्ताअघि राजीनामा आवश्यक भएकाले गुप्ताले पद छोड्ने निर्णय गरेकाे बताइएको छ।