शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

४८ एसपी र ६७ डीएसपीको सरुवा, महत्वपूर्ण जिल्लाका प्रहरी प्रमुख फेरिए

सोमबार, माघ ५ २०८२

काठमाडौँ । निर्वाचन आचारसंहिता लागू हुनुअघि नेपाल प्रहरीले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र ६७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। सरुवासँगै केही महत्वपूर्ण जिल्लाका प्रहरी प्रमुखसमेत परिवर्तन भएका छन्।

सरुवाअनुसार झापाका एसपी राजन लिम्बूको कार्यअवधि नपुग्दै त्यहाँ बसुन्धरा खड्कालाई सरुवा गरिएको छ।

यस्तै, सिन्धुपाल्चोकमा काजीकुमार आचार्य, इलाममा कुलदीप चन्द, रुपन्देहीमा जनकबहादुर शाही, सिरहामा बासुदेव पाठक, नुवाकोटमा विपिन रेग्मी, मकवानपुरमा श्यामबहादुर खत्री र रौतहटमा सीताराम रिजाललाई जिल्ला प्रहरी प्रमुखका रूपमा खटाइएको छ।

जिम्मेवारीबाट हटाइएका अधिकांश एसपीहरूले एक वर्षको कार्यअवधि पूरा गर्न नपाएको बताइएको छ।

यसैगरी डीएसपीमध्ये रुकुम (रसुवा)मा अशोक थापा, लमजुङमा जितेन्द्रकुमार बस्नेत, पश्चिम रुकुममा बेदबहादुर पौडेल, दोलखामा मनोजकुमार लामा, तेह्रथुममा लक्षण ओली र हुम्लामा शंकर खड्कालाई जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।