शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चुनाव लड्न नारायणकाजी श्रेष्ठ दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा

आइतबार, माघ ४ २०८२

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीसहित उनले आज राजीनामा दिएका हुन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले श्रेष्ठले राजीनामा बुझाएको जानकारी दिए ।

राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएपछि श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा छन्। उनले २०७० सालमा मकवानपुर र २०७४ सालमा गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लडेका थिए ।

त्यसपछि २०७६ सालमा राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेर विजयी भएका श्रेष्ठको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो। कार्यकाल सकिन करिब एक महिना बाँकी रहँदै उनले राजीनामा दिएका हुन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारी दर्ताको दुई दिनअघि नै श्रेष्ठले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।