काठमाडौं । शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। आइतबार सिंहदरबारमा बसेको चालु अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेसँगै सम्पन्न भएको हो।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए। साथै उहाँले राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरे ।
प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गर्दै स्वर्गीय बोहराको सम्झनामा एक मिनेट मौनधारणसमेत गरेको थियो। शोक प्रस्ताव पारित भएसँगै राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गतेका लागि आह्वान गरिएको छ।