शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कछुअवा पुलमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु एक गम्भीर

आइतबार, माघ ४ २०८२

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलमा शनिबार साँझ बिआर–३०एई ५१३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भारतको बिहार राज्य, पिपराढी थाना अन्तर्गत महनपुर–६ का मिन्टु पासवानको मृत्यु भएको हो।

दुर्घटनामा सोही गाउँका रमेश पासवान गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार दुवै जना मदिरा सेवन गरी अत्यधिक तीव्र गतिमा मोटरसाइकल चलाउँदा सवारी अनियन्त्रित भई दुर्घटना भएको हो।

गम्भीर घाइते रमेश पासवानको प्रादेशिक अस्पताल गौरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाराको एसएस न्यूरो अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।