काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना हुन लागेको हो ।
बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुने बताइएको छ । विशेषगरी प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवार चयनबारे बैठकले अन्तिम निर्णय लिनेछ ।
१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने आकांक्षीको संख्या बढेपछि पार्टीले केन्द्रीय समिति बैठकमार्फत नै उम्मेदवार छनोट प्रक्रिया टुंग्याउन लागेको हो ।