काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आइतबार बस्ने गरी आह्वान गरेको छ ।
बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना हुनेछ ।
पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर बैठक बोलाएको जनाएको छ । बैठकमा आगामी निर्वाचनमा सहभागी हुने प्रत्यक्षतर्फका उम्मेदवार चयनका विषयमा विशेष छलफल हुने बताइएको छ ।