बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

शनिबार, माघ ३ २०८२

काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तुँवालो लागेको छ भने पहाडी तथा हिमाली भू–भागमा मौसम प्रायः सफा रहेको छ ।

आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । यसैबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति पनि तराई भू–भागका केही स्थानमा हुस्सु लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने र अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहेको महाशाखाले जनाएको छ ।