बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

झण्डै दुई अंकले बढ्यो नेप्से, पाँच वटा समुहले गुमाउँदा आठ वटाले कमाए

बुधबार, पुष ३० २०८२

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन चार दशमलव ९० अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार एक दशमलव ५२ अंकले बढेर २६ सय ४१ दशमलव ४३ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव १३ अंकले घटेर चार सय ५४ दशमलव ७३ अंकमा पुगेको छ । तीन सय २० वटा कम्पनीहरुको ७२ हजार छ सय ७१ पटकको कारोबारमा एक करोड २५ लाख चार हजार नौं सय ७० कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम छ अर्ब २० करोड ९४ लाख ३८ हजार नौं सय छ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक बढेको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ११ अंकले घटेर १३ सय ६९ दशमलव ४४ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक दशमलव ३६ अंकले घटेर १२ हजार आठ सय ६७ दशमलव ५४ अंकमा पुगेको छ।

उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने शुन्य दशमलव ८९ अंकले बढेर ५५ सय ७५ दशमलव ८५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि दुई दशमलव ५९ अंकले बढेर ३३ सय ८२ दशमलव शुन्य नौं अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ४३ अंकले बढेर १० हजार नौं सय ४९ दशमलव शुन्य दुई अंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज सुपरमादी हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा आईसीएफसी फाईनान्सको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । राधी बिद्युत कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।