काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन्। उनी हाल बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन् ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार प्रधानन्यायाधीश राउत गत सोमबार अस्पताल भर्ना भएका हुन्। उनी ज्वरोबाट पीडित रहेकाे जनाइएको छ।
उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।