शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

कांग्रेस विशेष महाधिवेशन: शर्मा र पौडेल महामन्त्रीका उम्मेदवार

बुधबार, पुष ३० २०८२

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवारी दिएका छन्। निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनमा उनीहरूले दर्ता गरेका हुन्।

सभापतिका लागि भने गगन थापाको एकल उम्मेदवारी मात्र परेको छ।

यसैबीच बुधबार बिहान सहमति प्रयासका लागि सभापति शेरबहादुर देउवासँग गगन थापा र विश्वप्रकाश शर्माले वार्ता गरेका थिए, तर वार्ता सफल नभएको र निर्वाचन प्रक्रिया अघि बढाइएको महाधिवेशन स्रोतले जनाएको छ।