शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मधेशमा हुस्सु/कुहिरो, पहाडी भेगमा आज घाम लाग्ला कि नलाग्ला ?

बुधबार, पुष ३० २०८२

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी, आज राति तराई भागका केही स्थानमा हुस्सु रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

मौसम विभागका अनुसार आज राजधानी काठमाडौं लगायतका पहाडी भूभागमा घामको तापक्रम कमजोर रहने छ ।