शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने

मंगलबार, पुष २९ २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझै चर्किँदै गएको छ। संस्थापन पक्षले बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशन पक्षधरहरु नजाने भएका छन् ।

केन्द्रीय कार्यालय ललितपुरमा मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठकमा विशेष महाधिवेशन पक्षधरहरूले भाग नलिने निष्कर्ष निकालेका छन्। यसअघि मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित भइ बैठकमा सहभागी हुन आग्रह गरेका थिए ।

उता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ। आकस्मिक रूपमा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकप्रति विशेष महाधिवेशन पक्षधर असन्तुष्ट देखिएका हुन्।

यद्यपि, पार्टीभित्रको तनाव समाधानका लागि दुवै पक्षबीच संवादको प्रयास पनि जारी छ। वार्ता समिति गठन भइसकेको भए पनि बैठक कहिले र कहाँ बस्ने भन्ने विषयमा अझै स्पष्टता आएको छैन।