बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्ताे छ महामन्त्री थापाले पेश गरेकाे समसामयिक राजनीतिक प्रस्ताव

सोमबार, पुष २८ २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा पार्टीका महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

भृकुटीमण्डपमा जारी बन्दसत्रमा केहीबेरअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरेका थिए। त्यसलगत्तै महामन्त्री थापाले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका हुन् ।

महामन्त्रीद्वयले पार्टी विशेष परिस्थितिमा पुगेकाले विशेष महाधिवेशन आवश्यक परेको तर्क गर्नुभएको छ। उनीहरूको प्रस्तावमा वर्तमान राजनीतिक अवस्था, पार्टीको भूमिका र भावी कार्यदिशाबारे समेटिएको जनाइएको छ।

यसैबीच, कांग्रेसको संस्थापन पक्षका नेताहरू भने विशेष महाधिवेशन रोक्ने उद्देश्यले विभिन्न प्रयास गरिरहेको बताइएको छ।