शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बैतडीमा जिप दुर्घटना : तीन जनाको मृत्यु

सोमबार, पुष २८ २०८२

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८, साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब ३०० मिटर तल खसेको हो। दुर्घटनामा परेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार मृतक तीनै जना पुरुष हुन् र अहिले सनाखत हुन सकेको छैन।

जिपमा कति जना सवार थिए भन्ने विवरण हालसम्म उपलब्ध छैन। अन्य घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।