शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज साँझसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

सोमबार, पुष २८ २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारी दिएका उम्मेदवारले सोमबार साँझ ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने छन्।

निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते पेस गरेको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रमबमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको हो। सो विषयमा सम्बन्धित सबै उम्मेदवारलाई जानकारी गराइसकिएको आयोगले जनाएको छ।

आयोगका अनुसार हरिहरभवनस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। कुनै कारणवश उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि उम्मेदवारी फिर्ता लिन निवेदन दिन सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ।