काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा आयोजित मासिक रचना वाचनको ११०औँ शृङ्खला तथा कथाकार राजबाबु श्रेष्ठ ‘सागर’को कृति ‘फिर्दोषको साँचो’ माथि समालोचनात्मक दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम काठमाडौंको तीनकुनेस्थित कौटिल्य ग्लोबल स्कुलमा सम्पन्न भएको छ।
कार्यक्रममा चेवन बस्नेत ‘ठूलाघरे’, कृष्णप्रसाद पौडेल, ढुण्डीराज पोखरेल, प्रमोद भण्डारी, डा इन्दु केसी, सुन्दर खड्का, विन्दु अधिकारी ढकाल, उमा दाहाल, डा टी.पी. बराकोटी, राधिका पन्त, कृष्णबहादुर खड्का, मधुसुदनप्रसाद घिमिरे, दिलकृष्ण आचार्य, शान्ति निहारिका, नवराज चौलागाईं ‘क्षितिज’, रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, दीननाथ पोखरेल, प्रजापति तिमिल्सिना, पदम दाहाल, प्रमुना पौडेल, आर.डी. भट्ट, प्रेम राई ‘परिक्षित’, शंकरप्रसाद मानन्धर, एम।पी। पाण्डे, गजेन्द्र बोहोरा, लालबहादुर भुजेल, अनुराग अरूण, रोमा लम्साल, हेमन्त निरौला, टीएन भट्ट ‘विश्वमित्र’, मनीषकुमार शर्मा ‘समित’लगायत ३९ जना स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरे ।

वाचित रचनाहरूमाथि समालोचक डा। यज्ञश्वर निरौलाले समिक्षात्मक टिप्पणी प्रस्तुत गर्दै रचनाहरूको विषयवस्तु, भाव, शिल्प तथा समकालीन सन्दर्भका आधारमा समग्र मूल्याङ्कन गरे ।
स्रष्टाहरूको सिर्जनालाई थप महत्व दिने उद्देश्यसहित प्रतिष्ठानले सञ्चालन गर्दै आएको ‘सृजना परिचय तथा विशेष समालोचकीय टिप्पणी’ कार्यक्रमअन्तर्गत यसपटक कथाकार राजबाबु श्रेष्ठ ‘सागर’को कृति ‘फिर्दोषको साँचो’ माथि केन्द्रित रहेर चर्चा गरिएको हो।
कृतिमाथि समालोचक डा। हेम भण्डारीले कथाको विषयवस्तु, शिल्प, भाषिक संरचना तथा समकालीन यथार्थसँगको सम्बन्धलाई समेटेर समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा संस्थाका सल्लाहकार डा यज्ञेश्वर निरौला र नारायण काफ्लेले स्रष्टा राजबाबु श्रेष्ठ ‘सागर’ तथा समालोचक डा। हेम भण्डारीलाई सम्मानपत्र प्रदान गरेका थिए ।