ओखलढुंगा । नेकपा एमालेले आगामी निर्वाचनका लागि ओखलढुंगाबाट पार्टी नेता ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
बुधबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले पोखरेलको नाम पहिलो नम्बरमा सिफारिस गरेको हो। पोखरेलको जन्मथलोसमेत ओखलढुंगा रहेको छ।
यसअघि पोखरेलको नाम काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट एकल रूपमा सिफारिस भइसकेको छ भने धनुषा–१ बाट पनि सिफारिस गरिएको छ। धनुषा पोखरेलले भूमिगत कालमा काम गरेको कार्यक्षेत्रसमेत हो।
त्यस्तै ओखलढुंगाबाट जिल्ला इन्चार्ज यज्ञराज सुनुवार, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला कमिटी अध्यक्ष जिबी खड्का तथा नेता नानीबाबु बुढाथोकीको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।