काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन नौं दशमलव ९३ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार १३ दशमलव ३५ अंकले घटेर २६ सय ३५ दशमलव ९४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २२ अंकले घटेर चार सय ५५ दशमलव शुन्य एक अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरुको ७२ हजार चार सय ७४ पटकको कारोबारमा एक करोड छ लाख ३३ हजार सात सय १७ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार नौं सय ९१ रुपैंंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाईनान्स र व्यापार समुहको सुचक बढेका छन् भने बाँकी समुहहरुको सुचक भने घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ३८ अंकले घटेर १३ सय ७१ दशमलव ७५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ८० अंकले घटेर ३३ सय ३८ दशमालव ३५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि नौं दशमलव ९९ अंकले घटेर १२ हजार आठ सय ७२ दशमलव ५३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६५ दशमलव ७० अंकले घटेर १० हजार आठ सय ८४ दशमलव ७२ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज नारायणी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा एसवाई प्यानल नेपाल लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । यसैगरी एसवाई प्यानल नेपाल लिमिटेड कै आज सबैभन्दा बढी रकम कारोबार भएको छ।