शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख लाभबीच भेटवार्ता

बुधबार, पुष २३ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा हालै उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे छलफल गर्दै शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न गरिएका प्रयासहरूको समीक्षा गरिएको थियो।

देश निर्वाचनको महत्वपूर्ण चरणतर्फ अघि बढिरहेको सन्दर्भमा सम्भावित चुनौतीप्रति सजग रहँदै राज्यका सबै संयन्त्र परिचालन गरी अनुकूल वातावरण निर्माण गर्नुपर्ने विषयमा पनि उनीहरूबीच विचार–विमर्श भएको जनाइएको छ।

भेटमा प्रधानमन्त्री कार्कीले समाजका विभिन्न तह र तप्काबीच सन्तुलित तथा अभिभावकीय भूमिका निर्वाह गरिरहेकोमा प्रदेश प्रमुख लाभको प्रशंसा गर्दै यस कार्यमा सबै पक्षको साथ र सहयोग अपेक्षित रहेको स्पष्ट पारे ।